राम प्रकाश पाण्डेको अध्यक्षतामा १९ सदस्यिय कार्य समिती गठन

६ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


साउन , २०७७- राजमार्ग चौराहा अवस्थित एम्स कलेज, बुटवलमा आध्ययनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुडेण्टस (क्यास)ले विभिन्न तहमा अध्यायनरत बिद्द्यार्थि र प्राध्यापहरुको उपस्थितिमा भर्चुअल बिधिद्वारा बिबिएस तेश्रो तहमा अध्ययनअरत राम प्रकाश पाण्डेको अध्यक्षतामा १९ सदस्यिय कार्य समिती गठन गरेको छ ।

काउन्सिलका संरक्षक एवम क्याम्पस प्रमुख दीपक ढकालले नयँ“ कार्यसमितिको घोषणा गर्दै बिगत देखी काउन्सिलले गरेका रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई अझै ¬परिष्कृत कार्यहरुतर्फ लाग्न प्रेरित गर्नुभयो । पाण्डेको नेत्रीत्वमा निवर्तमान अध्यक्ष नबिन पुरि, उपाध्यक्ष केवलराज गिरि, सचिव लक्षिता खनाल्, कोषाध्यक्षमा दिपेश भुषाल, ज्वाईन्ट सेक्रेटरिहरुमा यमुना दत्त नेपाली, साक्षी देवकोटा, सांकृतीक, साहित्य, तालिम, खेलकुद

संयोजकमा क्रमशः रीना पन्जियार, कृती सापकोटा, सिमा सापकोटा, सुशान भट्टराई र सदस्यहरुमा गङ्गा अर्याल, देवकला तिवारी, निशा चापगाई, तिर्सना भन्डारी, बिजया पाण्डे, लक्ष्मी भट्टराई, निशा विश्वकर्मा र सुरक्षा सापकोटा चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी एम्स एजुकेशन फाउण्डेशनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने, समन्वयकर्ता सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठले सबैमा बधाई एवम शुभ कामना दिनु भएको थियो । कार्यक्रमको पहिलो शत्र नबिन पुरी को अध्यक्ष्यता र राम प्रकाश पाण्डेको सन्चालन र पछिल्लो शत्र सचिव लक्षिता खानेलाले संचालन सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया