कोरोना भाइरसको खोप निमार्णमा अक्सफोर्ड विश्वविद्यालयको ठूलो सफलता

प्रकाशित मिति:

काठमाडौं, साउन ७ : ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि सेलहरू बनाउन सकेको थियो । यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय लाग्ने छ ।

यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ। उक्त खोपको नाम ऋजब्मइहज्ञ लऋयख्(ज्ञढ राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो।यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो। उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ। यो खोप सुरक्षित रहेको र यसमा केही ुसाइड इफेक्टु नरहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् । तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए। त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्। बीबीसी