ब्यवसाय नविकरण सिसहनियाँ उद्योग बाणिज्य संघमै

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली – श्रावण , सिसहनिया देउखुरी दाङ , सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुरद्धारा ब्यवसाय नविकरण तथा प्यान नविकरणको। काम सुरु गरिएको छ ।

सोमवारदेखी करिव ४ दिन विहान ९ः ३० बजेदेखी सिसहनियाँ उद्योग बाणिज्य संघको कार्यालयमा नविकरण टोलि बस्ने भएकोले आ आफ्नो उद्योग, ब्यवसायको नविकरण गर्न सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सबै उद्योगी ब्यवसायीहरुलाई अनुरोध गनुर्् भएको छ ।

छाता संगठन उद्योग बाणिज्य संघको पहलमा नेपाल सरकारले कोभिड १९ बाट पिडीत उद्योगी ब्यवसायीहरुलाई बार्षिक कर तथा नविकरण शुल्कमा उल्लेख्य छुट समेत दिएकोले समयमै आ आफ्नो उद्योग, ब्यवसायको नविकरण गर्न अनुरोध गरिएको हो । आफ्नो उद्योग, ब्यवसायको नविकरण गर्दा सिसहनिया उद्योग बाणिज्य संघको सदस्यता समेत नविकरण गर्नु आवस्यक रहेकोले सिसहनिया उद्योग बाणिज्य संघको सदस्यता प्रमाण पत्र, राप्ती गाउँपालिकामा ब्यवसाय दर्ता गर्दाको प्रमाणपत्र र प्यान दर्ता प्रमाणपत्र समेत ल्याउन अनुरोध गरेको महासचिव ईश्वरी अधिकारीले बताउनु भएको छ ।

उद्योग, ब्यवसायको नविकरण सुरक्षाका दृष्ट्रिकोणले तथा सरकारको नियमको पालना गर्न आवस्यक रहेको भन्दै संघले आफ्नो कार्यक्षेत्रमा माईकिङ गरेर उद्योगी ब्यवसायीहरुलाई उद्योग, ब्यवसायको नविकरण गर्न अनुरोध गरिएको सचिव मदन पोख्रेलले जानकारी दिनु भएको छ ।
उद्योग, ब्यवसायको नविकरण गर्न आउनहरुले कोभिड १९ बाट बच्न मास्क लगाउने, सेनिटाईजरको प्रयोग गर्न लगाईएको छ ।