बुटवल पाल्पा सडक अबरुद्ध,ठाउँ ठाउँमा पहिरो

६ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


प्रदिप पाठक, रातभरको अविरल वर्षाका कारण पाल्पाका बिभिन्न स्थानमा पहिरो खस्दा सिङ्गो जिल्लाको जनजीवन प्रभावित बनेको छ ।पाल्पा जिल्ला अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ भने तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङजा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ ।

तानसेनबाट रानीमहल जाने सडकका साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग सुचारु गर्न बिहानै देखि प्रयास थालिएको सुचारु हुन दिनभरी लाग्न सक्ने अनुमान गरेको छ । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया