क्याम्पस प्रशासनले विद्यार्थी माथी सधै ढाड सेक्ने मात्रै काम किन गर्छ ?

प्रकाशित मिति:

✍️ सन्तोष भण्डारी – माननीय शिक्षा मन्त्री तथा सम्बन्धित कलेज प्रसासनलाई विद्यार्थीको समग्र परिबेश, पीडा , दु:ख र बेदना विद्यार्थीकै हैसियतले दर्साउने अनुमती चाहान्छु ।
हामी ग्रामीण भेगका विद्यार्थीले यो वर्षायाममा महङ्गो डाटा लिएर घरमा नेटले काम नगर्दा पनि अग्लो स्थान(डाडा) मा चडी बर्खामा तपोतपो पानी पर्दा पनि छाता ओडेर निछिप्त अवस्थामा पढ्दा समस्या नहुने तर क्याम्पसले भने एउटा राम्रो वाइफाई पनि जोड्न नसकेर दैनिक प्राबिधिक समस्या भन्दै हामी विद्यार्थीमाथी मजाक उडाउने आखिर किन गरिरहेको छ ? के प्रसासनले पैसा उठाउनको लागि र विद्यार्थीको ढाड सेक्नको लागि मात्र यो नाटक गरेको हो ?

सधै प्रशासनको मात्र प्राबिधिक समस्या हुने भए किन सुरु गरेको त अनलाई कक्षा ? के प्रशासन आज सम्म निदाएको हो त??प्रशासनको भौतिक सुधारको लागि भनेर हामी विद्यार्थीले बार्षिक हजारौ रुपैया तिर्छौ त ! त्यो के को लागि प्रयोग हुन्छ खै ?

खासमा शिक्षा मन्त्री ज्युकै यसमा दोष छ। तपाइका छोराछोरीलाई कुनै समस्या नहोला त्यो देखेर देशका सबै विद्यार्थीलाई समान रुपमा दाज्न मिल्दैन । कतिपय हाम्रा रोल्पा ,रुकुम, हुम्ला,जुम्ला लगायतका धेरै पहाडी जिल्लाका साथिहरु ले त अझै जुम याप (Zoom app ) डाउनलोड गर्न पनि सकेका छैनन् ।उनिहरु कसरी उपस्थित हुन्छन अनलाईन कक्षामा पढ्छन । ल यो कुरा परकै भयो एकछिनलाई छाड्नुहोस तपाईंले हामी विद्यार्थीको कुरा र समस्या त बुझ्न सक्नु हुन्न तर तपाईले तपाईको हाता भित्र रहेका क्याम्पस प्रशासनलाई त कम्सेकम सुधार गर्न एबम कठघरामा उभ्याउन त सक्नु हुन्छ होला नि ! कि सक्नुहुन्न र ?

शिक्षामन्त्री ज्यु , आज सम्म तपाइका कलेजले अझै राम्रो नेट जोड्न र शिक्षकको प्रबन्ध गर्न सकेका छैनन् र दैनीक बाहाना पार्दै हामी विद्यार्थीलाई नै खेलौना बनाएर मजाक उडाउछन । आखिर यो कहिले सम्म ?

कि त कक्षा नियमित होस होइन भने यो अनलाईन कक्षा बन्द होस । यस्तै हो भने हामी विद्यार्थीले पनि यो ब्यबस्थाको पनि बहिस्कार गर्न बाध्य हुनेछौ।

तपाइलाइ थाहा नै छ होला विद्यार्थी आन्दोलन दुनियाको सबै भन्दा शक्तिशाली आन्दोलन हो । आन्दोलनका कुरा गर्दै गर्दा विद्यार्थी सुरुमै आन्दोलनमा पुग्ने चाहाना राख्दैनन तर बाध्य भएसी त्यो अवस्थामा पुग्न नसकिएला भन्न सकिन्न । तर हाम्रो मजाक उडाउने काम प्रशासनले गर्छ भने हामी चुप लागेर बस्ने छैनौ । सडक देखि क्याम्पस हाता र शिक्षा मन्त्रालयमै किन नहोस विद्यार्थी आन्दोलन मच्चाउन बाध्य हुनेछौ । तर यो केबल हाम्रो इच्छा होइन बाध्यता हो ।

धन्यवाद !
– सम्पुर्ण प्राबिधिक शिक्षा पढ्ने बिध्यार्थीहरुको तर्फबाट शिक्षामन्त्री एबम सम्बन्धित क्याम्पस प्रशासनलाई अपिल ।