विश्वभर एकै दिन दुई लाख संक्रमित थपिए

६ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन ६ – संसारभर संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ। गत २४ घन्टामा दुई लाखभन्दा बढी संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार दुई लाख पाँच हजार चार सय ४३ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या एक करोड ४८ लाख ६७ हजार पाँच सय तीन पुगेको छ।

मंगलबारसम्म कोरोनाबाट ६ लाख १३ हजार पाँच सय ५० जनाको मृत्यु भएको छ। अझै संसारभर ६३ हजार ६ सय ९५ जना गम्भीर रहेका छन्। कोरोनाबाट ८९ लाख २४ हजार एक सय १४ जना निको भएका छन्। सबैभन्दा बढी अमेरिकामा ३९ लाख ६१ हजार पाँच सय ५६ जनामा कोरोना देखिएको छ भने एक लाख ४३ हजार आठ सय ३५ जनाको मृत्यु भएको छ। अमेरिकामा १८ लाख ५० हजार दुई सय २४ जना निको भएका छन्। दोस्रो नम्बरमा रहेको ब्राजिलमा २१ लाख २१ हजार ६ सय ४५ जनामा कोरोना देखिएको छ। कोरोनाबाट ८० हजार दुई सय ५१ जनाको मृत्यु भएको छ भने १४ लाख नौ हजार दुई सय दुई जना निको भएका छन्।

छिमेकी देश भारत तेस्रो नम्बरमा रहेको छ। भारतमा आज बिहान मात्रै एक हजार दुई सय ७२ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ११ लाख ५६ हजार एक सय ८९ पुगेको छ भने २८ हजार ९९ जनाको मृत्यु भएको छ।नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार आठ सय ४४ पुगेको छ। कोरोनाबाट ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६ सय ६८ जना निको भएका छन्।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे