नागदहमा यसपाली नागपञ्चमी मेला नलाग्ने

६ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


६ साउन, काठमाडौं । यस वर्ष ललितपुरको नागदहमा नागपञ्चमी मेला स्थगित भएको छ । कोरोना भाइरसको जोखिमका कारण हरेक वर्ष हुँदै आएको मेला यस वर्ष स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

मंगलबार महानगरले सूचना जारी गर्दै साउन १० गते परेको नागपञ्चमीमा मेला नलाग्ने महानगरपालिकाको २४ नं वडाका वडाध्यक्ष दिनेश कार्कीद्वारा जारी सूचनामा उल्लेख छ ।नागपञ्चमीका दिन काठमाडौंको नागपोखरी र टौदह एवं ललितपुरको नागदहमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया