नेपाली काँग्रेस मुसिकोट नगरसमितीको आयोजनामा ३८ औँ बिपी स्मृती दिवस विषयक बीचार गोष्ठी कार्यक्रम मुसिकोटमा सम्पन्न

प्रकाशित मिति:

गुल्मी -नेपाली काँग्रेस मुसिकोट नगरसमितीको आयोजनामा ३८ औँ बिपी स्मृती दिवस विषयक बीचार गोष्ठी कार्यक्रम मुसिकोटमा सम्पन्न भएको छ । नेपाली काँग्रेसका सँस्थापक समेत रहेका विस्वेश्वर प्रसाद कोइरालाको नीती र आदर्शलाइ आधार मानेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको आर्दशलाई पछ्याउँदै हिडेको नेपाली काँग्रेसले प्रत्येक वर्ष साउन ६ गते स्मृती दिवस मनाउँदै आएको छ । साउन ६ गते नेपाली काँग्रेसले देशभर एकसाथ दिवस मनाएको काँग्रेसले जनाएको छ । कार्यक्रममा बीपी कोइरालाको तस्बिरमा पुष्पगुच्छा र अबिर लगाएर उनका आदर्श सिद्धान्त र योगदानको चर्चा गर्दै मनाइएको थियो ।

विपी स्मृतीको अवसर पारेर मुसिकोटमा आयोजीत बिचार गोष्ठीमा नेपाली काँग्रेस गुल्मीकी सचिव बिष्णु कुमारी सापकोटाले प्रमुख अतिथीको रुपमा बोल्दै बिपीको आदर्शलाइँ आत्मसाथ गर्न सकेमात्र बिपी प्रतिको सच्चा सम्मान हुने बताउनुभयो । अनुशासित र इमान्दार बन्न मात्रै सकियो भनेपनि बिपी प्रतिको बफादारीता हुने उहाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै नेपाली काँग्रेस गुल्मीका महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारीले सर्वज्ञान सम्पन्न भएकोले बिपी कोइरालालाइ महामानव भनिएको तथ्य प्रस्तुत गर्दै हिजो जसले बिपीको उपेक्षा गर्न खोज्यो आज उसैले उहाँको आदर्शको अनुसन्धान गर्दै हिडेकोले बिपी दुरदर्शी नेता मात्र नभएर साहित्यकार र विशेषज्ञ भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पुर्व सचिव विशेष अतिथीकोरुपमा बोल्दै बिपी कोइरालाको आदर्श र सिद्धान्त आज काँग्रेसले मात्र नभएर नेपालका सबै पार्टीले अनुशरण गरेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट मेयरको उम्मेदबार बन्नुभएका कृष्णहरी सापकोटा, सालीकराम सापकोटा लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँगे्रसकी जिल्ला सचिव बिष्णु कुमारी सापकोटा, महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारी, पुर्व जिल्ला सचिव हरीनारायण सापकोटा,छाया सरकार प्रमुख झविलाल भण्डारी, ने का को तर्फबाट मेयर पदका उम्मेदबार कृष्णहरी सापकोटा, शिक्षक युनियन गुल्मीका पुर्व अध्यक्ष भीमलाल सापकोटा, दलित सँघका मुसिकोटका सभापती दिनेश खाती, शिक्षक सँघका लगायत ने बि सँघ,महिला सँघ,तरुण दल, ने बि सँघका प्रतिनिधी तथा काँग्रेसमा आस्था राख्ने शुभेच्छुक तथा क्रियाशिल सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाली काँगे्रस मुसिकोट नगर सभापती सुर्दशन शाक्यको अध्यक्ष्ता छाया सरकार प्रमुख झबिलाल भण्डारीको स्वागत मन्तव्य तथा नेपाली काँग्रेस वडा नम्बर ७ का वडा सभापती तेजिन्द्र बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।