अचम्मका कलाकारको फरक प्रस्तुती

प्रकाशित मिति:

बुटवल । कुनै वेला सुपरहीट शव्द तथा संगीत गर्नु भएका कलाकार कुसुम भण्डारीलाई अहिले उहांको स्थीती ,अवस्था र प्रस्तुती देख्दा अचम्मका कलाकार भन्दा खासै फरक नपर्ला भेट हुने हो ,कपाल कोर्ने काईयो ,गैरीखेतमा हल ,हेमेरी आमा , तपस्या ,प्यार भयो यार भन्ने जस्ता उत्कृष्ठ गीतहरुमा शव्द तथा संगीत आज भन्दा करिव १२ वर्ष अगाडीनै गरीसक्नु भएका कलाकार भण्डारी अहीले गाउमा घास दाउरा गर्दै संगीत कर्ममानै हुनुहुन्छ । कुनै बुटवल र काठमाडौमा वसेर संगीत कर्म गरेका कलाकार अहिले गाउमै वसेर गित संगीतको संरक्षणमा लाग्नु भएको छ । काठमाडौ जस्तो सुविधा सम्पन्न ठांउमा संगीतको तरंग खोज्दै पुग्नु भएका भण्डारी झण्डै ७ वर्ष विभिन्न गुरुहरुसंग संगीत सीक्दै गाउदै वजाउदै विताउनु भयो । आधुनीक युगको प्रविधि संगीत शैली प्रस्तुती भने सवैप्रीय कलाकार एकनारायण भण्डारीसंग ज्ञान लिएको जानकारी हामीसंगको कुराकानीमा गराउनु भयो । तिनै कलाकार कुशुम भण्डारी अहिले कहां हुनुहुन्छ त यो सवैको कौतुहलताको विषय हुन सक्छ । गांउ पाखा घुम्दै गर्दा केही समय अगाडी उहांलाई मैले स्याङ्जामा भेटेको थिए ।

स्याड्जाको गल्याङ नगरपालीका वडा नं ९ गेजा स्याङ्जामा जन्मनु भएका भण्डारी झण्डै ६,७ वर्ष देखी आफ्नै जन्म भुमीमा बाल्यकालका साथी संगीहरु बुवा आमा र आफ्नै परीवार र समाज संगै धुलो हिलो घास दाउरामा रमाउदै विताईरहनु भएको छ । उकालो ओरालो मेलापात गर्दा सुस्केरा पात वजाउदै मुरली वजाउदै तथा गांउको वासना आउने भाकाहरु आफ्नै मुक्त कण्ठले गाउनेकार्य संगै संगीत तथा कला अंगालेका भण्डारी कृषी कृतन ,गिता र योग लाई आफनै सवैईच्छा वताउनु भएको छ । हाल विश्वमा फैलीरहेको कोरोना महामारीको जनचेतना मुलक गितहरुमा उहांले गर्नु भएको प्रयास चर्चीत कलाकारको भन्दा कम छैन । हुन सक्छ सवैको कानमा उहांले गाएका श्रृजना नपुगेको पनी हुन सक्छ । उनले त्यही मध्येको तिजको कोशेली घरकै भाउजु बुहारी नचाम्भौ भन्ने वोलको गीत लिएर आएका छन् । जसमा कुसुम भण्डारीको शव्द तथा संगीत र स्वर सुरज भण्डारीको रहेको छ ।

गाउंकै स्रोत साधन प्रयोग गरेर गांउमै वनाईएको भिडीयो मौलीक खालको रहेको छ । उक्त गीत तथा भिडीयोमा शव्द संगीत तथा अभिनयमा कुनै कन्जुस्याई गरेको देखीदैन । गाउठाउको प्रचार गर्ने उदेश्य राख्ने भण्डारी कलाकारपनी विकासका प्रमुख अंगहुन् भन्ने कुरामा जोड दिनु हुन्छ भने स्थाीय कलाकारलाई उहाले प्रत्साहन गर्दै आउनु भएको छ । अचम्मका कलाकार भण्डारीले आफ्नो शव्द तथा संगीत लाई गुन्द्रुकको संज्ञा दिनु भएको छ । किन भने कसैले गुन्दु्रकको स्वाद मन पराउछ भने उसलाई संसारमा कुनै पनी तरकारीको स्वादले गुन्दु्रकको स्वाद मेटाउन सक्दैन । नयां कलाकारलाई प्राथमीकता दिनु पर्छ भन्ने यी कलाकारले यो भिडियोमा सम्पुर्ण नया कलाकारलाई अवसर दिएका छन् । तिजको कोसेलीमा अभिनय कुसुम भण्डारी र संगीता खनालको रहेको छ ।  तिजको कोशेली हेर्न तलको लिंक खोल्नु होला