विपीको स्मृतिमा बृक्षारोपण, शालिकमा माल्यार्पण

६ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृतीमा बृक्षारोपण गरिएको छ । नेपाली काँग्रेस रुपन्देहीले पार्टीका संस्थापक नेता कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार रुपन्देहीको देवदह स्थित मिलन सामुदायिक बनमा बृक्षा रोपण गरेको हो ।

बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता, संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले अहिलेको कम्युनिष्टको दुई तिहाई बहुमत प्राप्त भएको सरकारले कुनै काम गर्न नसकेको बताउँदै मुलुकको बिकासकालागि नेपाली काँग्रेस अपरिहार्य रहको उल्लेख गर्नुभयो । अहिले कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकारले बिकासको काम भन्दा पनि नेता कार्यकर्ताहरु कमाउ धन्दामा लागेका कारण आम नागरिकको समस्यामा सोंच्न समेत नभ्याएको दावी गर्नुभयो ।

विपीले देखाएको बाटोमा हिँड्न सकेमात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गर्दै नेता शाहले विपीले लिएको सिद्धान्तमा मुलुकलाई हिँडाउन नसक्दा नैराश्यता उत्पन्न गराएको र मुलुकको बिकास र समृद्धिकालागि अब सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनु भयो । अहिलेको सरकारले शान्ति सुरक्षा, नागरिकको स्वास्थ्य, सुशासन सबै कुरामा असफल भएको बताउँदै त्यसैका कारण पार्टी भित्रैबाट पनि सरकारको आलोचना भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, काँग्रेस देवदह नगर सभापति गुणाखर भूर्तेल, उक्त सामुदायिक बन समितिका अध्यक्ष तेजबहादुर कवँर लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको थियो ।

नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको ३८ औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस बुटवल नगर समितिले पनि विपीको शालिकमा माल्यार्पण गरेको छ । मंगलबार बिहान एक कार्यक्रमका बिच बुटवलको विपी चोकमा रहेको विपीको शालिकमा माल्यार्पण गरिएको हो ।

त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले विपीले लिएको मेलमिलापको नीतिले सिंगो देशलाई नै मेलमिलाप गराएको बताउँदै पार्टी भित्रपनि आपसमा मेलमिलापको वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।

नगर सभापति खेलराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, महासमिति सदस्य बालकुमारी भण्डारी नगर उपसभापति बिमलराज भट्टराई, सचिव ज्योती भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया