सैनामैनामा २० हजार चिउरीका बिरुवा रोपिंदै

६ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


टोपराज शर्मा  बुटवल, ६ साउन । रुपन्देहीको सैनामैना नगरपालिकाले पर्रोहा सामुदायिक वनमा दश हजार चिउरीका बिरुवा रोपेको छ । चुरे क्षेत्र संरक्षण, बनस्पति घ्यूको उत्पादन र मौरीको चरण क्षेत्रका लागि रुपन्देहीमै पहिलोपटक ठूलो मात्रामा चिउरीका बिरुवा रोपिएको हो । सैनामैनाको वडा नंं ३ र ५ मा पर्ने पर्रोहा सामुदायिक वनमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसर पारेर नगरपालिकाले वृहत बृक्षारोपण गरेको हो । बृक्षारोपण गर्न दुई हजार बढी नगरवासीको उपस्थितिमा औपचारिक कार्यक्रम नै आयोजना गरिएको थियो । नगरपालिकाले पुष्पलाल श्रेष्ठको स्मृतिमा बुधबार मलमला सामुदायिक वनमा दश हजार चिउरीकै बिरुवा रोप्ने भएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा नगरपालिकाले दुई स्वर्गीय नेताको स्मृतिमा बीस हजार चिउरीका बिरुवा रोप्न थालेको हो ।

बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही ५ का सांसद भरतकुमार शाहले फरक दलका संस्थापक नेताको स्मृतिमा वृहत स्तरको बृक्षारोपण कार्यक्रम गरेर सैनामैना नगरपालिकाले अनुकरणीय काम देखाएको भन्दै सराहना गरे । गत स्थानीय चुनावको नतिजा अनुसार सैनामैना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बर्चश्व रहेको नगरपालिका हो । ‘बीपीको स्मृतिमा यति ठूलो कार्यक्रम गरेर सैनामैना सांच्चिकै उदाहरण बनेको छ’–सांसद शाहले भने–‘यस्ता कार्यक्रमले स्वर्गीय बीपीको मेलमिलाप, सहमति र सहकार्यको नीतिलाई प्रवद्र्धन गर्छ ।’ चिउरीका बिरुवाको रोपणले वातावरण संरक्षणसंगै स्थानीयको आय आर्जनमा टेवा पुग्ने भएकाले बिरुवाको संरक्षणमा ध्यान दिन नगरपालिकालाई सुझाए । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले वातावरण संरक्षण र स्थानीयको आय आर्जनसंग जोडेर बृक्षारोपणलाई प्राथमिकता दिएको स्पष्ट पार्दै रोपिएका मध्ये ७० प्रतिशत बिरुवा संरक्षण गर्ने गरी वजेट र कर्मचारी व्यवस्थापन गरिने बताए ।

सैनामैना नगरपालिकाले गत वर्ष चुरे क्षेत्रमा ७ हजार चिउरीको बिरुवा रोपेको थियो । यस्तै नगरपालिकाले आउंदो हिउँदमा ५० हजार मौंवाको विरुवा रोप्ने लक्ष्य लिएको वातावरण शाखा प्रमुख जोखराज घिमिरेले बताए । विरुवाको संरक्षणको लागि नगरपालिकाले तारबार गर्न गत आर्थिक वर्षमा एक करोड रुपैयां बजेट छुट्टाएर काम शुरु गरेको घिमिरेले बताए । चालु आर्थिक वर्षमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट ६० लाख र नगरपालिकाले ४० लाख बजेट छुट्टाएको नगरपालिकाका सुचना अधिकारी केशव अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…