हिमचुलीद्धारा राहत बितरण

प्रकाशित मिति:

भैरहवा । हिमचुली बचत तथा ऋण सहकारी संस्थाले राहत रकम बितरण गरेको छ । संस्थाको सञ्चालक समिति सदस्य दिपक कुमार यादवको मृत्यु पछि उनको आश्रितलाई सहकारीले नगद २ लाख २५ हजार रुपैया राहत बापत बितरण गरेको छ ।

स्वर्गिय शेयर सदस्य यादवको सम्झनामा उनकै घरमा पुगी श्रदाञ्जली सभा गरी मृतक शेयर सदस्यको परिवारलाई राहत स्वरुप सो रकम हस्तान्तरण गरिएको हो । सहकारीले मंगलबार घरमै पुगेर सहकारीको नीति अनुरुप स्वर्गीय यादवको छोरालाई बिमा रकम बापतको २ लाख २५ हजार रुपैया सहयोग गरिएको हो । उक्त रकम सहकारीका अध्यक्ष बसन्तकुमारले हस्तान्तरण गरेका हुन ।
राहत रकम बितरण गर्न संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्ण, उपाध्यक्ष बेचन प्रसाद गुप्ता, सचिव अम्बिका तिवारी, सल्लाहकार पर्शुराम पराजुली, कार्यसमिति सदस्य गणेश श्रेष्ठ, घनश्याम यादव, मात्रिका प्रसाद यादव लगायत कर्मचारी समेतको टोली पुगेको थियो ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर २ बस्ने दिपक कुमार यादवको गत असार २७ गते दुर्घटनामा परि मृत्यु भएको थियो । सहकारीले आफ्ना सदस्यको मृत्यु भएको खण्डमा २ लाख २५ हजार रुपैया राहत स्वरुप सहयोग उपलब्ध गराउदै आएको छ ।