आज पुष्पलालको ४२औँ स्मृति दिवस

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । १५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालको स्मृतिमा आज पुष्पलाल अध्यनन केन्द्र लगायत नेकपा तथा त्यसका भ्रातृ संस्थाहरूले सामाजिक दूरी कायम हुने गरी कार्यक्रमहरू आयोजना गरेका छन् ।