नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध

७ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


चितवन/ नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खसेपछि सडक अवरूद्ध भएको छ ।भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई।कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो ।

ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति पौने ९ बजेतिर पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो साढे ४ बजे एकतर्फी खुलाइएको थियो ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया