बिपी कोईरालाको ३८ औं पुण्य तिथिको अवसरमा पोर्चुगलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

७ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


पुनम गौतम/लिस्वन-जननेता बिपी कोईरालाको ३८ औं पुण्य तिथिको अवसरमा पोर्चुगलमा पनि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ  नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा मगंलवार लिस्वनमा भएको कार्यक्रममा सहभागीहरु ले विपीले देखाएको बाटोमा हिड्न सम्प“र्णलाई आग्रह गरेका छन् |

बिपीको प्रजातान्त्रिक समाजवाद विचार पछिल्लो समय झनै सान्दर्भिक भएको नेपाली जनसम्पर्क समिति पोर्च’गलका सभापति बिनोद घिमिरेले बताउन’भयो  कोइराला सानो देशका अग्लो व्यक्तित्व अनि दुर् दर्शी राजनेता भएको भन्दै उहांले यस्तो बताउनु भएको हो | कार्यक्रममा बोल्दैं उहांले नेपालले आज हिंड्ने मूल बाटो बिपीकै विचार र विश्वासको बाटो भएको भन्दै सो बाटोलाई इमान्दार ढगंले पच्छ्याए मात्रै हामी सबैले समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो विपीले अघि सार्नु भएको राष्ट्रिय मेलमिलापको निति अहिलेको अवस्थामा पनि खटकिरहेको बताउंदैं उहांले नेपाली कांग्रेसको नेतृत्वले थोरै भए पनि बिपीले देखाएको बाटो अवलम्बन गर्न सके उहां प्रति सच्चा श्रद्धाञ्जली हुने सभापति घिमिरेको भनाई छ ।.

विपी प्रति श्रद्धा व्यक्त गर्दै सभापति घिमिरेले लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा कांग्रेस अग्रसर ह’न’पर्ने तर्क व्यक्त गनर्’भएको थियो . प्रवासमा पनि एकताको खांचो रहेको भन्दै उहांले आगामी दिनमा जनसम्पर्कको साख जोगाउन समेत सबैमा अन’रोधगर्नुभएको छ  कार्यक्रममा समितिका पूर्ब सभापति लक्ष्मीप्रसाद सापकोटा, एनआरएनए पोर्च’गलका प’र्व अध्यक्ष रमेशक’मारगुरुङ , महासमिति सदस्य चिजक’मार तामाङ,गुल्मी समाजका अध्यक्ष य’वराज पन्थी, नेपाली नारी समाज पोतर्’गलकी पुर्ब अध्यक्ष सीता बरालले बिपीको योगदान र त्यागबारे आ–आफ्नो धारणा राख्न’भएको थियो |  बिपीले नैतिकता बिनाको राजनीतिले कहीकतै नप’¥याउने भन्दै संगठनलाई बलियो बनाएर अघि बढाउन’पर्ने बेला आएको बताएका छन् . राष्ट्रियता र प्रजातन्त्र एक अर्काका प“रक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भिरताका साथ अघि बढ्न’पर्ने आजको आवश्यकता रहेको उनिह?को धारणा थियो . समितिका उपसभापति नविन आचार्यले स्वागत गर्नु ’भएको कार्यक्रमलाई समितिका कार्यसमिति सदस्य प्रमोद पोखरेलले सहजिकरण गर्नु भएको थियो |

फेसबुकबाट तपाईको प्रतिक्रिया