शिक्षा एवं संचारप्रेमी अर्यालको रामनदीधाम राम्दी   कालीगण्डकी किनारमा अन्त्येष्टि

प्रकाशित मिति:

भवानी अधिकारी÷स्याङजा- नेपाली कांग्रेस स्याङजाले आफना सक्रिय नेता, संचार एवं शिक्षाप्रेमी, समाजसेवी हेमराज अर्यालको बुधवार विहान पुतलीबजार नगरपालिका १ बिष्णुपधेरा स्थित बसपार्कमा श्रद्धान्जलीसभाको आयोजना ग¥यो ।  अर्यालको पार्थिव शरिरमा संबिधानसभा सदस्य राजु थापा, गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं सभासदस्य मेखलाल श्रेष्ठ, कावा सभापति बुद्धिबहादुर राना (कुमार) लगायतका कांग्रेस नेताहरुले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको थियो । श्रद्धान्जलीका लागि सयौं ब्यक्ति सहभागि थिए ।

यसैगरि, सोही सभामा लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय एवं रेडियो, टेलिभिजन परिवारले पनि अर्याललाई श्रद्धान्जलीको कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष अनन्तराज मरासीनी र सचिव धु्रवबन्धु पौडेलले स्वर्गिय अर्यालले रेडियो तथा टेलिभिजन स्थापनाका लागि पुरयाउनुभएका योगदानका चर्चा परिचर्चा गर्नुभएकोे थियो । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयका संस्थापक सदस्य, रेडियो एवं टेलिभिजनका संस्थापक अध्यक्ष, पूर्व प्रधानाध्यापक, सामुदायिक बन उपभोक्ता महासंघका पूर्व अध्यक्ष, निबृत्त कर्मचारी सहकारीका अध्यक्ष लगायत बिभिन्न संघसंस्थामा आवद्ध अर्यालको ६५ बर्षको उमेरमा मंगलबार असामयिक निधन भएको हो ।

पुतलीबजार नगरपालिका १ स्थित अर्यालथर आफनै निवासमा रहेका अवस्थामा अचानक ह्दयघातका कारण उहाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाका पत्नी, २ छोरा १ छोरी हुनुहुन्छ । अन्तिम श्रद्धान्जलीपछि अन्त्येष्टिका लागि राम्दी लगिएको छ । हिन्दु परम्परा अनुसार पवित्र तिर्थस्थल रामनदी धाम राम्दीको कालीगण्डकी किनारमा उहाँको अन्तिम संस्कार गरिएको छ ।