सिद्धार्थ राजमार्ग स्थित त्रियासी बजारमा जीपबाट खसेर एक जनाको मृत्यु

प्रकाशित मिति:

भवानी अधिकारी ,स्याङजा । सिद्धार्थ राजमार्ग स्थित त्रियासी बजारमा जीपबाट खसेर बुधबार बिहान घाइते भएका मनबहादुर सारुको उपचारका क्रममा निधन भएको छ। भिरकोट नगरपालिका ४ स्थित त्रियासी बजारमा जीपबाट खसेर १६ वर्षीय मनबहादुर सारु गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि पोखरा पठाइएको थियो।

त्रियासीबाट भीरकोट १ बयारघारीतर्फ जाँदै गरेको ग १ ज ७४४५ नम्बरको जीपको पछाडि ढालाबाट खसेपछि घाइते भएका सारुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचार लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको थियो। पाल्पाको रम्घा गाउँपालिका ४ घर भएका उनी स्याङजामा बस्दै आएका थिए। घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक राजेनद्रप्रसाद अधिकारीले जानकारी दिए।