अमेरिकामा भूकम्प, सुनामीको चेतावनी

७ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – अमेरिकामा बुधबार ७।८ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ सर्भेले पृथ्वीको सतहभन्दा १० किलोमिटर तल केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ।

भूकम्पपछि त्यहाँको अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्काको तटीय क्षेत्रमा सुनामी आउन सक्ने जनाएको छ। उक्त चेतावनीपछि केही वस्तीमा सञ्‍चारमाध्यम, सामाजिक सञ्जालसहितबाट सचेत गराइएको छ। स्थानीयस्तरमा सुनामीको चेतावनीसहित साइरन पनि बजाइएको छ। सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावित स्थानमा दक्षिण अलास्कासहितका क्षेत्र रहेका जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…