काँग्रेस नेता रञ्जित कर्णले पाए युवा परिचालन र प्रशिक्षण संयोजकको जिम्मेवारी ।

७ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता,नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय अध्यक्ष एवं संविधान सभा सदस्य रञ्जित कर्णले युवा पुस्तालाई प्रशिक्षण कार्यक्रम सञ्चालन र संयोजन गर्न केन्द्रीय संयोजोकको जिम्मेवारी पाएका छन् ।

काँग्रेस उपसभापति एवं केन्द्रीय निती, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक बिमलेन्द्र निधिले प्रतिष्ठानका सदस्य समेत रहेका कर्णलाई नेपाली काँग्रेस बिधान २०१७ को संसोधन सहित धारा ३६ को १ क ङ र ३६ २ ग बमोजिम युवा पुस्तालाई प्रशिक्षण कार्यक्रम संञ्चालन र संयोजन गर्न संयोजकको जिम्मेवारी दिएका हुन्। नेता कर्ण पार्टिमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट मानिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया