आज दिउँसो भारी वर्षाको पूर्वानुमान

८ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया

barsha

काठमाडौं, साउन ७ । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिनभर देशभर सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । न्यून मनसुनी चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया