कोरोना संक्रमणवाट वीरगञ्जमा एक जनाको मृत्यु भए सर्गै मृतकको संख्या ४३ पुग्यो

८ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ । मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । ‘शंकास्पद संक्रमितको रुपमा एडभान्स अस्पतालबाट गण्डक पठाइएको थियो । अक्सिजन दिइनै रहेका थियौं । उपचार चल्दै गर्दा उहाँको मृत्यु भयो,’ उनले भने, ‘मृत्युलगत्तै स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौं, रिपोर्ट पोजेटिभ आएको छ ।’

मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ । ‘उहाँमा यसअघि छाती, मुटुको समस्या थिएन, ट्राभल हिष्ट्री पनि छैन,’ उनले भने, ‘कोरोनाकै कारण मृत्यु भएको हो । कोरोना कम्युनिटी लेभलमा गइसकेको छ ।’वीरगञ्जको स्थिति एकदमै कठिन बन्दै गएकाले लकडाउनका लागि सिफारिस गरिएको उनले जानकारी दिए । एडभान्स अस्पतालमा मात्रै ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…