पूर्वडीआईजी कोइराला जेलमुक्त

प्रकाशित मिति:

काठमाडौं, साउन ८ : सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन्। सर्वोच्चको आदेशअनुसार साढे आठ वर्षको जेलसजाय भुक्तान गरेर उनी बिहीबार डिल्लीबजार कारागारबाट छुटेका हुन् । श्रीमती हत्याको आरोपमा उनलाई जिल्ला अदालत र उच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। तर सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संयुक्त इजलासले उनको कैदमा केही मिनाहा गरेपछि आज रिहा भएका हुन्।

कोइरालाले आफ्नी श्रीमती गीता ढकालको २०६७ पुस २७ गते घाँटी थिचेर हत्या गरेका थिए। सोही रात मकवानपुरको टिस्टुङ पालुङमा पेट्रोल छर्केर गीताको शव जलाएका थिए। माघ ८ गते शव जलेको छ छैन भनी हेर्न गएका कोइरालालाई स्थानीयले नियन्त्रणमा लएका थिए। डिआइजी भएको खुलेपछि तत्कालै छुटेका कोइरालाई काठमाडौं आउने क्रममा पुन प्रहरीले पक्राउ गरेको थियो।