पहिरो पिडित विकलाई कंडेलले गरे जन्मदिनको अवसरमा रकम सहयोग ।

प्रकाशित मिति:

कौरव खत्री ,गुल्मी ८ साउन । नेपाली काँगे्रस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य योगराज कंडेल शर्माले आफ्नो जन्मदिनको रकम पहिरो पिडितलाई सहयोग गरेका छन् । नेपाली काँगे्रस गुल्मी काठमाण्डौ सम्पर्क समिति अन्तगर्त विपत व्यवस्थापन समिति संयोजक समेत रहेका कंडेलले जन्मदिनमा फजुल खर्च नगरी रु.१५हजार,५सय,५५ रुपैया रकम गुल्मी मुसिकोट नगरपालिका वडा नं.१तल्लो पौदीका पहिरो पिडित रुद्र बहादुर विकको घर निमार्णको लागि आर्थिक सहयोग गरेका हुन ।

गत असार २ गते अविरल बर्षासँगै घर माथिबाट आएको पहिरोले घरलाई पूर्ण क्षति पु¥याएर विस्थापित भएका विकको नयाँ घर निमार्णको लागि नेपाली काँगे्रस मुसिकोट नगर कार्य समितिका सचिव मोहन घिमिरेले विकलाई आर्थिक सहयोग जुटाउन सहयोग अभियान सञ्चालन गरि हालसम्म विकको घर निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट करिव ४० हजार रकम संकलन भएको आर्थिक अभियान्ता घिमिरेले जानकारी दिए ।

साथै गुल्मी छत्रकोट गाँउपालिका वडा नं. ४ सिङ्गा निवासी कंडेल हेली एभरेष्टका कार्यकारी निर्देशक तथा नेपाल हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव समेत रहेका कंडेलले हाल काठमाण्डौबाट गुल्मेली जनताहरुको दुःख र पिडामा हरपल निरन्तर रुपमा क्रियाशिल रहदै आएका छन् । साथै कंडेलले विगत केहि बर्षयता निरन्तर रुपमा कंडेलले आफ्नो जन्मदिनमा फजुल खर्च नगरीकन दिन दुःखीहरुको लागि सहयोग गदै आएका युवा नेता कंडेलले कोरोनाको महामारी र आपत विपतका बेला सामाजिक क्षेत्रमा आर्थिक एवं भौतिक र नैतिक रुपमा सहयोग र सेवामा निरन्तर लागि परिरहेका छन् ।