लेखक सङ्घद्धारा लम्जेल सङ्घर्षशीलका बुवाको निधनप्रति श्रद्वाञ्जली

८ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


साउन ८ । अखिल नेपाल लेखक सङ्घले संगठनका उपाध्यक्ष लम्जेल सङ्घर्षशीलका बुवा रेशबहादुर जम्जेलको ७८ बर्षको उमेरमा भएको असायमिक र दुःखद् निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।  संगठनको केन्द्रीय समितिको तर्फबाट महासचिव खोमा तरामु मगरले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै सङ्घका उपाध्यक्ष, माक्र्सवादी कवि एवम् प्रबोध साप्ताहिकका प्रधानसम्पादक लम्जेल सङ्घर्षशीलका बुबा रेशबहादुर लम्जेलको निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् ।

विज्ञप्तीमा रेशबहादुर लम्जेल नेपालको पूर्वी क्षेत्रमा रहेर जातव्यवस्थाका विरुद्ध एवम् सामाजिक रूपान्तरण, समानता र न्यायका पक्षमा निरन्तर क्रियाशील आदरणीय व्यक्तित्व भएको भन्दै भनिएको छ, श्रमजीवी वर्गका पक्षमा साहित्य, कला, संस्कृति र जनपक्षीय पत्रकारिताका क्षेत्रबाट अविचल कलम चलाउँदै आउनुभएका सहयोद्धा लम्जेल सङ्घर्षशीलका बुबा रेशबहादुर लम्जेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । विज्ञप्तीमा लम्जेल सङ्घर्षशीलले बुबाको निधनपछि काजकिरियाको परम्परावादी, अन्धविश्वासी, अपसंस्कार र अपसंस्कृति तोड्दै माक्र्सवादी शैली अपनाउनुभएको खबरले हामीलगायत सिङ्गो माक्र्सवादी सांस्कृतिक आन्दोलन लाभान्वित भएको जानकारी पनि गराउँछौँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे