कविता : हरियो चुरा

प्रकाशित मिति:

एकाबिहानै आज अनौठो गरी सोध्यौ–
मलाई हरियो चुरामा कस्तो देखियो ?
मैले तिम्रो चुराको कुरा बुझँ र भने–
अत्यन्तै सुन्दर, सुशील र शालीन ।
तिमी हरियो चुरामा मात्र कहाँ हो र
सजिएकी थियौ हरियो पोते अनि साडीमा
साच्चि सुहाएको थियो चुरा तिम्रो नाडीमा
तिमीलाई पक्कै लागेको थियो होला कि–
हरियो पहिरनले जीवनमा हरियाली आउछ ।
हरियो पहिरनले मुहारमा खुसीयाली छाउछ ।

मेरो प्रशंसाले तिमी फुरुक्क बन्यौ,
र बुरुक्क उफ्रेर ऐनामा हे¥यौ एकटक ।
अचानक तिम्रो त्यो मुहार मलिन बन्यो
ओईलाएको साग बन्यौ तिमी एकाएक
म झुटो ठहरिए या आफूमा झूट देख्यौ,
क्षणभरमै हरियो हराएजस्तो भयौ तिमी
एकपलमै खुसीहरु खोसिएजस्तो भयौ तिमी
कारण थाहा भो¬–पोते चुडिएको थियो तिम्रो ।
त्यसैले एक्कासी मन कुँडिएको थियो तिम्रो ।

‘पोते चुड्दैमा तिम्रो भाग्य चुडिने हो र
मेहन्दी गाढा नभए माया टाढा हुने हो र
चुरा फुट्दैमा चरित्र फुट्ने कहाँ हो र ?
माया गाढा मेहन्दीले होईन मनले हुन्छ,
चरित्र चुराले होईन आदर्शपनले हुन्छ,
प्रिय, पोते केवल सौन्दर्य हो सर्वस्व होईन ।’
यसरी नै तिमीलाई सम्झाउन खोजे मैले
मलाई चुप लगाउँदै तिमी नै बोल्यौ पहिले–
तपाईले भनेर हुन्छ, समाजले के भन्छ रु
मलाई पनि त अरु जस्तै राम्री हुन मन छ ।

साँझ टि।भी। हेर्दा सानो छोराले सोध्यो–
बाबा हजुरले मामुलाई माया गर्नुहुन्न ररु
म अवाक भए, गर्छु वा गर्दिन केही भनिन ।
उसैले झर्किदै र चर्किदै फेरि भन्यो मलाई,
माया नगरेर मामुको मेहेंन्दी गाढा बसेन रे
हाँस्न होईन रुन मन लाग्यो मलाई अचानक
सोचेँ–गाढा मेहेन्दीले माया कसरी गाढा भो ?
मुना मदनको जोडी हिजो कसरी टाढा भो ?
मुनालाई छोड्नु प¥यो चुरा, पोते, सुन किन्न,
बाँचा थियो सँगै हुने तर प¥यो हुन भिन्न ।

सीताको नि पीडाको पहाड कहाँ होचो छ र ?
द्र्रौपदीको नि त दर्द कसरी पो सम्मो छ र ?
रामका सामू अग्निपरीक्षा के का लागि थियो ?
के सीताले हरियो चुरा नलगाएर हो त ?
पाण्डवबाट प्रताडित किन हुनुप¥यो द्रौपदी ?
के हरियो पोते र मेहेन्दी नलगाएर हो त ?
हामै्र भाउजूले तीस वर्षमा नै सिन्दूर गुमाईन्
के उनी दाईको लागि व्रत नबसेर हो त ?
बहिनीले छत्तिस पछि ज्वाईलाई देखिनन्
के पतिलाई शीवजीको रुप नमानेर हो त ?
सवालहरु धेरै छन्,तर जवाफ किन भेटिन्न ?
तीर्खा धेरै छ जान्न, तर प्यास किन मेटिन्न ?

सुरक्षित लाग्ने ट्राफिक बत्ती हरियो हुन्छ,
शेयर उकालो लाग्दा सूचक हरियो हुन्छ,
हरियोले नराम्रोको संकेत कहाँ गर्छ र है
तर हरियो तरकारीमा किरा नभेटिने हुन्छ र ?
हरियो फट्याङग्राले बाली क्षति पु¥याउदैन र ?
हरियो साडीमा सजिएर कालो मन बोक्नेहरु
कालो रातमा कति दिन्छौ भनेर तोक्नेहरु,
गल्ली गल्लीमा भेटिन्छन् यत्रतत्र र सर्वत्र,
बाहिर हरियो, भित्र निकै कलुसित मन बोकेर
हरियो हर्रेयौले झै, मार्ने विषयुक्त तन बोकेर ।

अतः हर प्रियसीलाई प्रियको भनाई एउटै छ–
भो मलाई सति बनेर साथ दिनुपर्दैन तिमीले,
भो सीता बनेर अग्नीमा जल्नु पर्दैन तिमीले ।
मैले मेरो नाममा मेहेन्दीको कल्पना गर्दिन,
मैले मेरो लागि हरियो चुरा र पोते माग्दिन ।
तिमीले लगाउने हरियो चुरा टुटेर जान्छ एकदिन,
गलाको पोते नि त गलाबाटै छुटेर जान्छ एकदिन ।
मलाई भगवान शिव नठान है म मान्छे हुँ
मलाई पूजा नगर मलाई पत्थर बन्नु छैन ।
यति मात्र आशा छ चित्र र चरित्र एउटै होस्,
कुनैदिन कसैले कसेर कसी लगाउन नपरोस् ।
आदर्श ऐना जस्तै छर्लङ्ग बनिरहूँ जहिलेपनि,
साघुरो शंका नरहोस हामी बीचमा कहिलेपनि ।।
बस, यत्ति भएर पुग्छ प्रिय  – दिनेश खड्का , बुटवल