विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयमा वृक्षारोपण

प्रकाशित मिति:

मणिग्राम,  श्रावण  । नेपाल रेडक्रसको स्वर्णजयन्तीका अवसरमा तिलोत्तमा उपशाखाले  (बिहीबार) नगरको वार्डनम्बर ९ स्थित विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

रेडक्रस तिलोत्तमाका अध्यक्ष रमेशकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णुप्रसाद पाण्डे, प्रधानाध्यापक डोलराज पाण्डे, पुष्प व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष रमेश पाण्डे, उपशाखाका निवर्तमान अध्यक्ष शिवप्रसाद गैरे लगायलते वृक्षारोपणसँगै विरुवाहरुको रेखदेख निकै महत्वपूर्ण हुने बताउनुभयो ।

उपशाखाका सचिव अवधविहारी दुवेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरि पाण्डे, समाजसेवी गुणाकर अर्याल, मुक्तिनाथ गैह्रे, प्रकाश गैरे, विद्यालयका पदाधिकारी र शिक्षकहरुले रुद्राक्ष, समी, निम, सीताअशोक, कपुर, असारे, एरिका पाम, कल्की, म्याङगोस्फी, बेगनबेली लगायत जातका विरुवाहरु रोपिएको थियो।