रक्तदान कार्यक्रम सम्पन्न

९ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली – साउन ९, मसुरीया देउखुरी दाङ – रक्तदान जिवनदान भन्ने उदेश्यका साथ राप्ती गाउँपालिकाको कार्यालयमा रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । पछिल्लो समय ब्लड बैकमा रगतको शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रवार विहान ७ बजे देखी सुरु गरिएको रक्क्तदानमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, ससस्त्र प्रहरी, पत्रकार, सर्बसाधारण नागरिकले सहभागीता जनाउनु भएको थियो । कुल ४१ बढिले रक्क्तदानमा सहभागीता जनाउनु भएको नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखा सचिव प्रमोद पौडेलले जानकारी दिनुभएको छ ।

नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखा उप सभापति मेनुका शर्मा, सह कोषाध्यक्ष जिवराज शर्मा, सदस्य कृष्ण बहादुर विष्ट, ठाकुर सुवेदि, रक्त संचार सेवा केन्द्र घोराहि ईन्चार्ज दिलीप न्यौपाने, प्राविधिक ठाकुर पौडेल, शिमा डिसी, गोपी चौधरी, दिलीप चौधरी लगायतको सहभागीता रहेको रक्क्तदान कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा अध्यक्ष वडा नं ३ का चन्दर चौधरी, वडा नं ८ का गोकर्ण बहादुरले रक्क्तदान गर्नु भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

विश्वास वि।क।, वासुदेव खनाल, विकास ज्ञवाली, प्रभु महतो, राजेन्द्र पौडेल, ठाकुर प्रसाद सुवेदि, कृष्ण माया पोख्रेल, दल बहादुर घर्ति, शम्भु भण्डारी, निर्मल शर्मा, केशव खत्रि क्षेत्रि, सुवास भट्टराई, शरद पुरी, गरिवु चौधरी, सन्तोष गुप्ता, कुमार राना मगर, औधेष चौधरी, प्रदिप चौधरी, किशोर बहादुर पुन, कृष्ण बहादुर विष्ट, आशिष पौडेल, विनोद कुमार मगर, मुग बहादुर दर्लामी, सन्तोष कुमार योगी, सन्तोष कुमार रेग्मी, ममता केसी, अन्जुदेवि केसी, तिर्थराज ज्ञवाली, अशोक बेल्वासे, युवक चौधरी, रिवश जिसी, प्रदिप प्रसाद बैदिक, मनिशलाल चौधरी, नारायण आर सि, कुमार नायव, तप मिन श्रेष्ठ, नवराज अधिकारी लगायतका ले रक्त्तदान गर्नु भएको थियो । स्वस्थ्य ब्यक्तिले रक्क्तदान कार्यक्रममा सहभागी भै रक्क्तदान गर्न राप्ती गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखा र रक्त संचार सेवा केन्द्र घोराहिद्धारा सबैमा अनुरोध समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया