तनहुँमा पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई त्रिपाठी र पन्थले गरे आर्थिक सहयोग

प्रकाशित मिति:

गत असार २६ गते राति जिल्लाका विभिन्न ६ स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई गैह्र आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृण्णजिवि पन्थले व्यक्तिगत रूपमा सहयोग गरेका छन्।

ऋषिङको भौसीकिलीमा एकै परिवारका ५ जना,म्याग्दे गाउपालिका बेलौतीडाँडामा १ जना,व्यास नगरपालिकाको माझकोटमा ५ जना र ओढारेमा १ जना र भानु नगरपालिका पुर्कोटमा २ जनाको निधन भएको थियो।मृत्यु भएका परिवारका सदस्यलाई जनही १०र१० हजारको दरले १ लाख ४० हजार सहयोग गरेका हुन्।

उक्त रकम नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले हस्तान्तरण गरेका थिए। त्रिपाठी र पन्थले यसअघि पनि भुकम्प जादा, दमौलीमा क्रियापुत्री भवन बनाउदा होस् या विभिन्न सामाजिक काममा सहयोग गर्दै आइरहेका छन्। आगामी दिनमा पनि आफ्नो सहयोग रहिरहने उनिहरूको भनाइ छ।