गल्कोट समाजको अधिवेशन नजिकिदै गर्दा तयारी तीव्र ।

प्रकाशित मिति:

कौरव खत्री – बागलुङ १० साउन । गल्कोट समाज क्षेत्रीय कार्य समिति टोकियोमा बैठक २०२० जुलाई २१ तारिक टोकियोको ईताबासीमा सम्पन्न भएको बैठकले क्षेत्रीय समिति कान्तोको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

कान्तोका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षतामा बसेको बैठकमा गल्कोट समाज जापानका संरक्षक एवं अन्तराष्ट्रीय गल्कोट समाजका संयोजक श्री बेलुकाजी थापा, गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष श्री दिलु खत्री र केन्द्रीय सदस्य श्री किसान बस्नेत लगायतको सहभागित रहेको थियो ।
त्यस्तै कार्य समिति सचिव दुर्गा बहादुर खत्रीको संचालनमा सम्पन्न बैठकले सम्पुर्ण कार्यसमिति सदस्यहरुले २ बर्षको कार्यकालमा भएका कार्यको समीक्षा र भावी दिनहरुमा समाजलाइ योगदान दिने बिषयमा आ–आफ्ना धारणा ब्यक्त गरेका थिए । बैठकले गल्कोट समाज कल्याणकारी अक्षयकोष टोकियो २०२०” को अक्षयकोष निर्देशिका जारी गरिएको थियो ।

कार्यसमितिको निर्णयले हाललाई अक्षयकोषमा ११ लाख रहने गरी कोष संचालन निर्देशिका जारी गरेको छ । हरेक पटक गल्कोट समाज क्षेत्रीय कार्यसमिति पुनर्गठन भए संगै अक्षयकोष संचालक समिति पनि गठन हुने गरी निर्देशिका जारी गरिएको छ । साथै संस्थाका कोषाध्यक्ष श्री राजु बस्नेतले कार्य समितिको कार्यकालको आम्दानी खर्च प्रस्तुत गरेका थिए । भने सचिव दुर्गा बहादुर खत्रीले प्रगति विवरण प्रस्तुत गरी सर्वसहमतिबाट पारित गरिएको थियो ।

साथै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका वर्तमान कार्य समितिका सदस्य दिनेश थापा,हिमाल कंडेल र कृष्ण शर्मालाई क्षेत्रीय कार्यसमितिले “सक्रिय सदस्य सम्मान” प्रदान गर्ने निर्णय बैठकले गरेको छ । साथै केन्द्रीय कार्य समितिको निर्देशन अनुसार आगामी ११ तारिक दिउसो १ बजेदेखी ईकेबुकुरो स्थित तोसिमा कुमिन सेन्टरको सातौं तल्लाको सभाहल ७०२÷७०३ मा गर्ने तय भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि संस्थाका संरक्षक नर बहादुर थापाको संयोजकत्वमा संस्थाका सल्लाहकार रामकृष्ण बम मल्म र बाबुराम सापकोटा दुई सदस्य रहने गरि निर्वाचन समिति समेत चयन गरिएको छ ।