नदी उत्खनन्मा गल्याङ नगरपालिका सक्रिय

१० श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल ,स्याङ्जा—१० साउन – बर्षको दुई महिना नदीनाला उत्खनन् गर्न नपाईने कानुनी व्यवस्था हुदा हुदै गल्याङ् नगरपालिकाले बर्षादको समयमा नदी उत्खनन् गरेको छ । साउन र भदौ महिना बाहेक प्रक्रियागत रुपले नदीनालामा आएको बालुवा, गिटी निकाल्न पाईने कानुनी व्यवस्था छ । यसको राजस्व देखी नदीनाला नियन्त्रणको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । तर गल्याङ नगरपालिकाले कानुनी व्यवस्थाको खिल्ली उडाउदै राम्दी स्थित कालीगण्डकीमा आफ्नै डोजर प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गरेको छ ।

स्याङ्जा र पाल्पाको सिमाना रहेको उक्त नदीमा उत्खनन् गरिएको थाहा पाएपछि स्थानीय प्रकाश श्रेष्ठले प्रशासनलाई खबर गरेको बताए । स्थानीय सरकारको निगरानी र भोगचलन गर्न पाउने अधिकारलाई कुन समयमा प्रयोग गर्ने हो भन्ने हेक्का नहुदा प्राकृतिक सम्पदाको दोहन गर्न नगरपालिका तल्लीन रहेको स्थानीयले आरोप लगाएका छन् । बर्षादको समयमा नदीजन्य बस्तुको उत्खनन् गरेको हामीलाई सैह्र भएन श्रेष्ठले भने,“नगरपालिकाले आफ्नै डोजर, ट्रिपर र ट्याक्टर प्रयोग गरेको देखेपछि प्रशासनलाई खबर ग¥यौ ।”

स्थानीयले खबर गर्न साथ उक्त उत्खनन गर्ने काम तत्काल रोकिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । नदीनाला संरक्षण र भोकचलन गर्ने अधिकार स्थानीय पालिकालाई दिएको प्रजिअ अधिकारीले भने,“स्थानीय तह आफैले उक्त उत्खनन गरेको हुँदा उत्खनन गर्ने कुनैपनी सामाग्री नियन्त्रणमा लिएका छैनौं र रोक्न निर्देशन दियौ ।” हामीले पनि पक्राउ पछि कारबाहीको लागि स्थानीय तहलाई नै दिनुपर्ने हुँदा उहि स्थानीय तहको सामाग्री प्रयोग गरिएकाले नियन्त्रणमा नलिएको उनको प्रजिअको तर्क थियो । अधिकार स्थानीय पालिकालाई दिएपनि यसको कार्यन्वयन कसरी गर्ने भन्ने कठिनाईका कारण प्राकृतिक सम्पदामा स्थानीय निकायको दादागिरी चल्दै आएको छ । संघ, प्रदेश र स्थानीय सरकारका आ—आफ्नै अधिकार हुदा प्राकृतिक दोहनमा मनपरी हुदा कसले रोक्ने भन्ने कानुनी अड्चनका कारण पछिल्लो समय स्याङ्जाका नदीनाला उत्खनन्मा तिव्रता सगै बाढी पहिरो आउदा कटानको समस्या बढ्दै जान थालेको छ ।

बर्षात्तको समयमा आउने बालुवा निकालेर राख्न खोजिएको र पछि प्रक्रिया अनुसार टेन्डरबाट बिक्रि हुने गल्याङ नगरपालिकाका प्रवक्ता तथा सोही वडाका वडा अध्यक्ष गणेश बस्यालले बताए । त्यो नगरपालिकाको आयस्रोत पनि हो उनले भने,“सबै क्षेत्रबाट बिरोध आएपछि उत्खननको काम रोकिएको छ ।” नदीले ल्याएर बाहिर फालेको बालुवालाई निकाल्ने काम भएको हो उत्खनन् भएको होइन बस्यालले भने । वडा अध्यक्षकै नेतृत्वमा नगरपालिकाका साधन श्रोत परिचालन गरी बर्षादको समयमा नदी उत्खनन्ले कानुनी राज्यको खिल्ली उडाएको प्रति स्थानीयको चासोले प्राकृतिक दोहनलाई रोक्ने कार्य प्रंशशनीय भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया