पिपलधारा युथद्धारा खाद्यान्न वितरण

प्रकाशित मिति:

बुटवल, साउन । युथ क्लव अफ बुटवल पिपलधाराले शनिबार बुटवलको अपाङग आश्रममा खाध्य समाग्रि प्रदान गरेको छ । विभिन्न समाजिक क्रियाकलाप गर्ने उदेश्यले स्थापना गरिएको यो संस्थाले आश्रममा भोजन समेत गराएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश ५ को शिक्षा तालिम केन्द्रका प्रमुख भोज वहादुर केसीले युवाहरुले गरेको कार्य निकै रचनात्मक भएको बताए । विभिन्न कार्यक्रम गरि संचालन गरेको रकमवाट दिनदुुखी आसाहायहरुलाई सेवा गर्नु वास्तविक मानव सेवा भएको उनको भनाई छ । सो अवसरमा आश्रममा आवश्यक खाध्यान्नका साथै कपडाहरु पनि प्रदान गरिएको अध्यक्ष वद्रि महतले बताए । कार्यक्रमा समाजसेवी अर्जुन कुवांर, यदुमणी खनाल, असिर खड्का, आश्रमका अध्यक्ष रामदाम लगायतको सहभागिता रहेको थियो । आगामी दिनमा अझै रचनात्मक कार्य गर्ने तथा संगठित गर्दैै लैजाने संस्थाको योजना रहेको रामजी खड्काले बताए ।