लायन्स बुटवल मुक्तिनाथ  द्धारा  बृक्षारोपण 

प्रकाशित मिति:

बुटवल, १० श्रावण २०७७ । लायन्स क्लब अफ बुटवल मुक्तिनाथको आयोजनामा आज बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।बिभिन्न सामाजिक कार्यमा क्रियासिल लायन्स मुक्तिनाथले ढबाह स्थित मिलनपार्कमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपेर कार्यक्रम गरेको हो । मिलनपार्क व्यवस्थापन समिति संगको सहकार्यमा लायन्स मुक्तिनाथ वाटिका निर्माण गर्ने उदेश्यसहित बृक्षारोपण गरिएको सस्थाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा लायन्स क्लब अफ अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ बि२ नेपालका स्टाटेजिक चिफ योगेश घिमिरेले लायन्स क्लब अफ बुटवल मुक्तिनाथले बातावरणसंरक्षणर पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने गरि दिर्घकालिन योजनाका साथ कार्य गरेको प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आवस्यक सहयोग गर्न तयार रहेको बताए।कार्यक्रममा डिस्ट्रिक डिपार्टमेन्ट चिफ रामप्रसाद बन्जाडे,पुर्व अध्यक्ष लक्ष्मण रेग्मी,मिलनपार्क व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पाण्डे,उद्ध्योग बन पर्यटन तथा वातावरण मन्त्रालय प्रदेश ५ का प्रसासन प्रमुख टुकराज पाण्डे,जोन चेयरपर्सन गणेशप्रसाद भट्टराई ,अर्गनाइजर भोजराज पाण्डे,लगायतले बोल्दै लायन्स क्लब अफ बुटवल मुक्तिनाथले लायन्स बाटिका निर्माणको कार्य अगाडी बढाएको प्रति खुशि व्यक्त गरे ।

लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष लायन सुरेशचन्द्र भट्टराईले बाटिका निर्माणको कार्य यसै वर्ष सम्पन्न गर्ने योजना रहेको बताए ।लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष लायन सुरेशचन्द्र भट्टराईको अध्यक्षता,सचिब गोबिन्द बन्जाडेको संचालन र दिपक कुमार चालिसेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।