लायन –लियो बुटवल सेन्ट्रल द्धारा बृक्षारोपण कार्यक्रम

११ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल साउन १० । सामाजिक कार्यमा अग्रसर लायन क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलले सयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ । बुटवल वडा नं ११ प्रगति नगरमा रहेको प्रगति मा.वि को प्राङ्गणमा धुपि, अमला, तेजपत्ता, कागति लगाएतका करीब ५० वटा विरुवाहरु रोपेको लियो क्लबका सचिव विशाल पाण्डेले जानकारी दिनुभएको छ । कार्यक्रममा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुवर, प्रगति मा.वि प्रध्यानध्यापक शिवकुमारी अर्याल, लायन एरीया कोषाध्यक्ष कृष्ण पौडेल, लियो डिस्ट्रिक्ट क्लब ट्यूनिङ एंव एक्सटेन्सन रिभाइब पर्शन सौरभ भुषाल, लियो क्लब बुटवल सेन्ट्रलका सस्थापक अध्यक्ष लक्षमण पन्थी, लायन पुर्व अध्यक्ष लक्ष्मण पोखरेल, लियो निबर्तमान अध्यक्ष बुद्धि कुवर लगाएतको उपस्थिति रहेको थियो ।

आज सम्पन्न कार्यक्रमको अध्यक्षता संयुक्त लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष निरज के.सी र लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष चिरन अर्यालले संयुक्त रुपमा गर्नें भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लायन्स क्लबका प्रथम उपाध्यक्ष जे.डि वार्सी ले दिनुभएको थियो
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कु“वरले बृक्षारोपणले पार्ने रामा्र प्रभावको विषयमा बोल्दै यस्ता कार्यक्रमहरुको निरन्तरता दिनु पर्ने बताउदै उक्त कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा लियो संस्थापक लक्ष्मण पन्थी, लियो ट्यूनिङ पर्शन सैरभ भुषाल, लायन्स एरीया कोषाध्यक्ष कृष्ण पौडेल, प्रगति मा.वि प्रध्यानध्यापक शिव कुमारी अर्याल लगाएतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम लायन्स क्लबका सचिव सागर मणी पोखरेलको संचालनमा भएको थियो भने । साथै कार्यक्रमको सुरुवात भएको घोषणा लायन्स का अध्यक्ष निरज के.सी ले गर्नु भएको थियो लियो क्लबका अध्यक्ष चिरन अर्यालले विद्यालको परिसरमा बृक्षारोपण गरी वातावरणलाई हरभरा, सफा, सुन्दर होस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरीएको बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे