सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रकाशित मिति:

काठमाडौं– सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरपछि नेतृ गिरीले आफूलाई पार्टीले अवैधानिक रुपमा सांसद पदबाट हटाएको भन्दै अदालतमा रिट दायर गरेकी थिइन् । उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमाहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अश्विकार गरेको हो ।

पार्टीको निर्णयविरुद्ध गिरीले असार २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । असार ३० गते रिटमाथि प्रारम्भिक सुनुवाइ भएको थियो । सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न आज बोलाएको थियो ।