स्याङ्जा समाज युके द्धारा पहिरो पीडितलाई राहत

प्रकाशित मिति:

स्याङ्जा समाज युकेको साउन ११ गते अनलाइनमा भएको मिटिङले केही महत्वपुर्ण निर्णय गरेको छ । बेलायत भरी छरिएर रहेका स्याङ्जालीहरुलाई संस्थामा आवद्ध गराउन युद्ध स्तरमा काम गर्ने निर्णय गरेको छ। उक्त समाजमा साधारण सदस्य र गोल्ड मेम्बर गरी २ भिन्न किसिमका सदस्य बन्न पाइने प्राबधान राखेएको छ ।

अधक्ष्य सारदा गुरुङको अधक्ष्यतामा भएको बैठकलाई महासचिव बलराम ढकालले संचालन गर्नु भएको थियो। केही दिन पहिला पहिरोमा परेर कालीगन्डकी गाँउपालिका र गल्याङ नगरपालिकामा मृत्‍यु हुनेहरु प्रती शोक प्रस्ताव पारीत गर्दै प्रभावित सात परिवार प्रत्यकलाई रु २५००० को दरले राहत दिने निर्णय उक्त मिटिङबाट पारीत भएको छ ।

कोभिड संकट बिरुद्धको लडाईंमा साथ दिनको लागी संस्थाले १ लाख ५४ हजार पहिला नै पठाइसकेको छ । दैबी प्रकोप र अन्य आपतकालिन अवस्था पर्दा सहयोग गर्ने संस्थाको उदस्य रहेको कुरा उक्त संस्थाका मेडिया कोअर्डिनेटर राम राज शर्माले बताउनु भयो। आफु सँग रहेको संचित रकमबाट आपतकालिन रुपमा सात परिवारलाई १ लाख ७५ हजार रकम पठाउने र सहयोग दाताहरुबाट रकम संकलन गर्दै आफ्नो संस्थाको फण्डलाई चलायमान राख्ने निर्णय पनि गरिएको छ । यसैगरी उक्त संस्थाले यही बुधवार लन्डनको ह्यारोमा जेष्ठ नागरिकलाई कोभिड इमर्जेन्सी किट बितरण गर्ने कार्यक्रम पनि राखेको छ । संस्थाले यसअघी अल्डर्सोटमा १०० जना भन्दा धेरै लाई त्यस्तो किट बितरण गरेसकेको छ ।