सुनको मूल्यको नयाँ रेकर्ड कायम, ९७ हजार ५ सयमा कारोबार

प्रकाशित मिति:

काठमाडौं । केहिदिन यता सुनको मुल्य निरन्तर बढिरहेको छ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको हो । मूल्य सुन आज ९सोमबार० १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।