मनसुनमा बाढीपहिरोबाट गण्डकी प्रदेशमा मा ७८ को मृत्यु, ८ वेपत्ता

१२ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


पोखरा, साउन १२ : मनसुन सुरु भएयता गण्डकी प्रदेशमा बाढीपहिरोबाट ७८ जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार मनसुन सुरु भएयता प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएको हो। बाढी र पहिरोमा परि ६८ जना घाइते भएका छन्।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये बाढी र पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। म्याग्दीमा ३१ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन्।त्यस्तै, तनहुँमा ११ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता रहेका छन्। मृत्यु हुनेमा आठ महिला र तीन पुरुष छन्।कास्कीमा बाढी र पहिरोबाट १० जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए। उनका अनुसार लमजुङमा चार र स्याङ्जामा पाँच जनाको मृत्यु भएको छ।

यसैगरि, बाढी र पहिरोबाट गोर्खामा दुई जनाको मृत्यु भएको छ। एक जना वेपत्ता रहेका छन्।पर्वतमा नौं, नवलपरासी पूर्वमा दुई र बागलुङमा दुई जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता रहेका छन्। हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए।बाढी र पहिराबोट कास्कीमा १२, लमजुङमा २३, म्याग्दीमा १३, स्याङ्जामा १०, तनहुँमा सात, पर्वतमा एक र बागलुङमा दुई जना घाइते भउका छन्।बाढी र पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको छ। केही ठाउँमा आज पनि वर्षा भइरहेको छ।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया