सडक प्रदर्शन गर्ने इनफ इज इनफको घोषणा

१२ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


१२ साउन, काठमाडौं । इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका छन् ।

बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ ।  भोलि २ बजे बसन्तपुरमा भौतिक दुरीसहित प्रदर्शन गरिने इनफ इज इनफ अभियानले जनाएको छ । साथै सरकारलाई दबाव दिन सबैलाई अपील समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया