नेरेसो जिल्ला शाखाको स्वर्ण जयन्तिका अवसरमा कञ्चनमा वृक्षरोपण,

प्रकाशित मिति:

१२ साउन,कञ्चन- नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा रुपन्देहीले आज वृक्षरोपण गरेको छ । नेरेसो जिल्ला शाखा रुपन्देहीको स्वर्ण जयन्ती महोत्सव ०७७ अवसरमा कन्चन उपशाखाले रुद्रपुर सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको हो ।वृक्षरोपणमा रुद्रपुर सामुदायिक वनका अध्यक्ष नाम बहादुर के।सी।, नेरेसो कन्चनका उपाध्यक्ष गङ्गालाल पौडेल, सचिव तुल बहादुर थापा, कोषाध्यक्ष शशी सापकोटा, सह कोषाध्यक्ष हिमा वेल्वासे, राम बहादुर थापा, उमा ढकाल, खगिसरा पुन, युवा, जुनियर सर्कल लगायतको उपस्थिति रहेको थियो।

बृक्षारोपण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका प्रतिनीधिहरुलाई स्वागत गर्दै रुद्रपुर सामुदायिक वनका अध्यक्ष नाम बहादुर के।सी।ले कञ्चनलाई हरियाली बनाउन र कञ्चनको वाताबरणलाई स्वच्छ बनाउन रेडक्रसबाट भएको बृक्षारोपणले महत्वपुर्ण भुमिका रहने उल्लेख गर्नु भएको थियो । समुदायमा आधारित सामुदायिक बनको संरक्षण गर्नु र सामुदायिक बनलाई हरियाली बनाउनु समुदायका हरेक ब्यक्तिहरुको जिम्मेवारी रहेको बताउनु भएको थियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका उपसभापति गंगालाल पौडेलले कञ्चनलाई स्वच्छ र सुन्दर बनाउन रेडक्रसको भुमिकालाई जिवन्त बनाइराख्नु जिम्मेवारी भएको बताउदै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको स्वर्ण बर्षको सकारात्मक सन्देश समुदायमा पुर्याउन सामुदायिक स्तरको कार्यक्रम अनुरुप कञ्चनमा बृक्षारोपण गरिएको जानकारी गराउनु भएको थियो ।