दुर्गा नेपालको तिजगित ‘कति राम्री’ चर्चामा !

प्रकाशित मिति:

बुटवल – हिन्दु नेपाली नारिहरुको महान चाड हरितालिका तिज दैलोमा आएसंगै बजारमा लपक्कै तिजका गित छाउन सुरु गरेका छन । यस्तै बिचमा लोकप्रिय गायिका दुर्गा नेपालको तीजगीत ‘कति राम्री’ सार्वजनिक भएको छ । सार्वजनिक भएको केही दिनमै उक्त गितलाई नेपाली दर्शक एबम स्रोताहरुले अत्यधिक रुचाएका छन । विगतका वर्षहरुमा पनि तीजगीत लिएर दर्शक स्रोतामाझ आएकी लोकप्रिय गायिका नेपाललाई तीजगीत ‘कति राम्री’ को पुरुष स्वरमा चर्चित लोक तथा दोहोरी गायक, सर्जक एबम प्राज्ञिक ब्यक्तित्व डिल्लिनारायण पाण्डेले साथ दिनु भएको छ । अंकिता नेपाल र निरजको अभिनय रहेको गीतको म्यूजिक भिडियोलाइ बुटवल आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।

श्रीनगर फिल्मस प्रालीको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । लोकेन्द्र शाहको निर्देशन रहेको उक्त भिडियोको छायांकन भने मनिष पन्थले गरेका हुन । भिडियो निर्माणमा हिमचुली पार्टी प्यालेस तथा रेष्टुरेन्टका भुपेन्द्र पौडेल र कृष्ण शर्माले बिशेष सहयोग गरेका थिए ।
हेर्नुहोस भिडियो :

https://youtu.be/9PdAfBi6dF0