जागिर चाहियो ? अब आफै भौंतारिनु पर्दैन

प्रकाशित मिति:

सबलपोष्ट  , बुटवल, १२ साउन । नेपालमा बेरोजगारी अहिलेको मुख्य समस्या हो । बेरोजगारहरु बर्षेनी बढ्दैछन् । रोजगारी खोज्दै बायोडाटा बोकेर अनेक ठाउं धाउन र भौतारिन वाध्य युवाहरुको जमात पनि उत्तिकै ठूलो छ । तर यसरी एक्लै भौंतारिएर जागिर खोज्दा जागिर पाउन धेरै समय लाग्ने अवस्था छ । किनकि कुन ठाउंमा कुन पदमा रोजगारीका लागि ठाउं खाली छ र कति सेवा सुविधा छ भन्ने सबै कुरा त्यसरी भौतारिएर हिंड्नेलाई थाहा हुंदैन । खोज्दै हिंड्दा जागिर पाई हालेपनि रोजगारदाताले उसको वाध्यतालाई बुझेर तलब र सेवा सुविधामा मोलमोलाई गर्छ र थोरै तलबमा धेरै काम गर्न वाध्य पार्छ । काम खोज्नेले पनि पाएको अवसर गुम्ला भनेर आफ्नो योग्यता, सीप र क्षमताको तुलनामा न्यून तलबमै रोजगारदाताले भनेकै तलब र शर्त मान्न विवश हुन्छन् ।

तर अब जागिर पाउन यसरी बायोडाटा बोकेर आफै भौंतारिनु पर्दैन । बेरोजगारहरुलाई रोजगारदातासम्म पु¥याउने पुलको काम गर्ने संस्थाहरु विधिवत दर्ता भएर काम गर्न थालेका छन् । त्यस्ता संस्थाहरुले गर्दा जो कोही बेरोजगारहरु आफै जागिर खोज्दै ठाउं ठाउं भौतारिनुपर्दैन । र तपाईसंग योग्यताको प्रमाणपत्र र सीप छ भने कम तलबमा सम्झौता गरेर ठगिनु पनि पर्दैन । तपाईहरुले आफ्नो बायोडाटा त्यस्ता संस्थाहरुमा लगेर छाडिदिए पुग्छ । ती संस्थाले तपाईको योग्यता र सीप अनुसार तपाईलाई फिट हुने जागिर खोजिदिन्छन् । त्यस्तै संस्था मध्येको एक हो– सेवा इन्फो प्रा.लि. । बुटवलको मिलनचोक मिलन फिल्म हलको छेउमा रहेको सेवा इन्फो प्रा.लि. दुईजना ग्राजुएट युवाहरुले संचालन गरेको संस्था हो । शुरुमा आफै बेरोजगार भएर हण्डर खाएका शिक्षित युवाले यो संस्था सञ्चालन गरेपछि डेढ वर्षको अवधिमा झण्डै एकहजार जनालाई रोजगारी दिएका छन् । व्यवस्थापनमा बीबीएस गरेका सन्दिप ढकाल र कृषि विज्ञानमा बीएस्सी एजी गरेका विशाल पाण्डे मिलेर सञ्चालन गरेको सेवा इन्फो प्रालि छोटो अवधिमै बुटवलमा स्थापित ब्राण्ड भएको छ । सेवा इन्फोले होटेल, रेष्टुरेन्ट, अटोमोबाइल्स, फार्मेसी, बैंक, सिनेमा हल, कन्सल्टेन्सी, उद्योग जस्ता क्षेत्रका रोजगारदाता कम्पनीहरुसंग सम्बन्ध स्थापित गरेर उनीहरुलाई आवश्यक जनशक्तिको विवरण राखेको छ । ती संस्थाहरुलाई कामदार आवश्यक प¥यो भने सिधै सेवा इन्फो र यस्तै संस्थाहरुसंग सम्पर्क गरेर आफूलाई आवश्यक कर्मचारी पठाइदिन भन्छन् । सोही अनुसार संकलन भएका बायोडाटा, योग्यता र सीप सिकेको प्रमाणपत्र रोजगारदाता कहां पुग्छ । त्यसलाई हेरेपछि उपयुक्त व्यक्तिले जागिर पाउंछन् ।

आफ्नो जस्तै संस्थाले गर्दा रोजगारदाता कम्पनीलाई पनि सजिलो भएको सेवा इन्फो प्रा.लि.का सन्दिप ढकालले बताए । आफ्नो संस्थाले जागिर दिलाएका व्यक्तिले अहिले मासिक ८० हजार रुपैयांसम्म कमाउने गरेको उनले बताए । ‘हामीले बेरोजगारहरुलाई मात्र होइन, रोजगारदाता कम्पनिहरुलाई पनि सजिलो बनाइदिएका छौं’–ढकालले भने–‘कोही पनि व्यक्ति एक्लै जागिर खोज्दै भौतारिन्छ भने त्यहां उसले विवश भएर सम्झौता गर्नैपर्ने हुन्छ तर संस्थामार्फत जांदा उसले सम्मानजनक रुपले जागिर पाउंछ र तलब र सेवा सुविधा पनि राम्रो पाउन सक्छ ।’

आफूले कुनै संस्थामा जागिर गर्दा उक्त संस्थाका लागि रिसेप्सनिष्ट आवश्यक परेको कुरा फेसबुकमा राखेपछि केही घण्टामै झण्डै सय जनाले जिज्ञासा राखेर जागिरका लागि इच्छुक भएको भनेपछि सन्दिप ढकालले बेरोजगारहरुलाई रोजगारी दिलाउन संस्थागत र वैधानिक हिसाबले अघि बढ्नुपर्छ भनेर सेवा इन्फो प्रालिको शुरुवात गरेको खुलाए । सन्दिपसंग कक्षा ११ देखिका सहपाठी विशाल पाण्डे पढाईपछि ४० हजार मासिक तलबको जागिर खान छाडेर आफै केही गर्नुपर्छ भनेर सन्दिपसंग साझेदारीमा काम गरेको बताउंछन् । ‘हाम्रो उद्देश्य बेरोजगार युवाहरुले रोजगारी खोज्नका लागि अनावश्यक दुख नपाउन् र भौंतारिन नपरोस् भन्ने नै हो’–विशालले भने–‘हामीले सत्य कुरा मात्रै बोल्छौं र इमान्दारितामा सम्झौता गर्दैनौं, त्यसैले डेढ वर्षमै हामीले करिब एक हजारजनालाई रोजगारी दिन सक्यौं ।’

भविष्यमा बेरोजगारहरुलाई आवश्यक पर्ने विभिन्न सीप सिकाउने र तालिम दिने योजना रहेको सन्दिप ढकालले बताए । साथै भैरहवा र दाङमा शाखा विस्तार गर्ने लक्ष्य पनि रहेको उनले खुलाए । रोजगारी दिएपछि सेवा इन्फोले प्रति व्यक्ति पहिलो महिनाको तलबको ३० प्रतिशतदेखि ५० प्रतिशतसम्म सेवा शुल्क लिने गरेको छ । ‘हाम्रो काम बेरोजगार युवालाई रोजगार दिलाउन मध्यस्थकर्ताको भूमिका हो, यस्ता संस्थालाई सरकारले सहयोग गरेमा निशुल्क सेवा दिन तयार छौं’– ढकालले भने–‘सरकारबाट कुनै सहयोग नहुंदा संस्था सञ्चालनका लागि सेवा शुल्क लिनुपर्ने वाध्यता छ ।