सुनगाभा सामुदायिक विकास केन्द्रको अर्धवार्षिक समिक्षा कार्यक्रम सप्पन्न

प्रकाशित मिति:

१२ साउन,रुपन्देही/हिमा बेलवासे-सुनगाभा सामुदायिक विकास केन्द्रको अर्धवार्षिक समिक्षा कार्यक्रम सप्पन्न भएको छ । सामुदायिक विकास केन्द्र,कञ्चन४,रुपन्देहीले स्ट्रोम फाउन्डेसन नेपाल युनाइटेड मिशन टु नेपालको सहयोगमा समूह र क्षेत्रगत रुपमा आफ्नो कार्यक्षेत्रमा गरेका कामको प्रगति विवरण बारे समिक्षा कार्यक्रम गरेको हो ।

समिक्षा कार्यक्रममा समुदायमा काम गर्दा परेको प्रभावकारिता, अवसर, चुनौती लगायतका विषयमा छलफल गरिएको छ। यस्तै सम्बाद केन्द्र, साथी संजाल, बालबगैंचा, संस्थाको विषयगत प्रगती विवरण प्रस्तुत गर्नुका साथै भावी योजनाहरुलाई कसरी प्रभावकारी बनाउने सम्बन्धमा छलफल गरिएको छ । सुनगाभा सामुदायिक विकास केन्द्रले कार्यक्षेत्र कन्चन, गैडहवा, शुद्दोधन गाउँपालिका र लुम्बिनी सान्सकृतिक नगरपालिकामा गरि ४६ वटा सम्बाद केन्द्र, ९१ वटा ग्रेजुएड समुह, १ सय २० बालबगैचा, ३५ वटा आमा सम्बाद समूह, ४४ वटा ग्रेडवाइज टिचिङ्ग र १३ विद्यालय सम्बाद मार्फत शसक्तिकरणका कार्यक्रम सहित किशोरकिशोरी, महिला,बालबालिका माथी हुने हिंसा न्यूनीकरणका कार्यक्रम गर्दै आएको र प्रभावकारी भएको सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल के.सी.ले बताउनु भएको छ ।

यस्तै संस्थाले बालविवाह, महिला हिंसा, दाइजो प्रथा, छुवाछूत रोकथामका लागि काम गर्दै आइरहेको केन्द्रका अध्यक्ष प्रेम बि.क.ले संस्थाका योजना प्रभावकारी र योजनाबद्ध रुपमा अगाडि बढाउन महत्त्वपूर्ण हात कर्मचारीहरुको भएकोले प्रभावकारीरुपा संस्थाको उद्धेश्य अनुरुप लाग्न सबैलाई आग्रह गर्नुभएको छ । समीक्षा कार्यक्रममा संस्थाका कार्यसमिति र कर्मचारीको उपस्थिति रहेको थियो । वाटर किङ्ग रिसोर्ट, राजापानी कपिलवस्तुमा आइतवारबाट शुरु भएको अर्धवार्षिक समिक्षा कार्यक्रम २ दिन सम्म चलेको थियो। सुनगाभाले पछिल्लो समयमा कोभिड १९ ले जनजीवनमा पारेको असर कम गर्न स्थानिय तह र बिभिन्न साझेदार संस्थाहरुको समन्वयमा सचेतनाका कार्यक्रम र राहत वितरणका कार्यक्रम निरन्तर गर्दै आएको छ ।