अनियमितता र बेथिति बिरुद्ध नेपाल तरुण दल तिलोत्तमा नगर समितिको बिरोध प्रदर्शन

प्रकाशित मिति:

बुटवल, साउन १२ । तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ ।  ऐन कानुन बिपरित बिभिन्न पदमा सल्लाहकार तथा कार्मचारी नियुक्त गरी जनताले तिरोको करको दुरुपयोग गरेको,९ करोड बढीको बेरुजु रहेको, राजनीतिक प्रभाावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न नसकेको भन्दै तरुण युवाहरुले नगरपालिका बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन ।

ऐन कानुन मिचेर नियुक्त गरीएका सल्लाहकार तथा अन्य पदहरु खारेज गर्नु पर्ने,९ करोड बढीको बेरुजुको हिसाव किताव स्पष्ट पार्नु पर्ने,प्राचिन सम्पदा संरक्षण गर्नुको साटो नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेर भवन बनाइरहेकाले त्यस्ता कार्य तत्काल रोक्नु पर्ने तरुण दलले माग गरेको छ । तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन बिपरित बिभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरीरहेको बताए । राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरु मनपरी बितरण गर्न खोजेको, वडा नं। ११ मा रहेको बुद्धकालिन पोखरी संरक्षण गर्नुको साटो नगरपालिकाले नै पोखरी अतिक्रण गरेर भवन बनाइरहेको भन्दै उनले त्यस्ता कार्य तत्काल बन्द गर्न माग गरे ।

सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको भएपनि तिलोत्तमा नगरपालिकाले भने नमुना काम देखाउने लहडमा वडा नं ११ को प्राचिन पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाइ रहेको छ । ६ लेन सडकको बिचमा राखीएका बुद्ध मुर्ती फोड्ने अपराधी पत्ता लगाइ कारबाहीकालागि पहल गर्नु पर्ने माग पनि तरुणहरुले गरेका छन । ९ करोड ४० लाख रकम बेरुजु खै रु,बुद्ध मुर्ती फोड्ने र सडकका रुख काटने अपराधी खोइ रुपुरातात्विक सांस्कृतिक सम्पदा मास्न पाइदैन,ऐन कानुन बिपरितका नियुक्ती खारेज गर, र्सावजनिक जग्गा संरक्षण गर’ लेखिएका प्लेकार्ड सहित नगरपालिका अगाडी प्रदर्शन गरेका तरुण युवाहरुले ती प्लेकार्डहरु नगरपालिकाको गेटमा लगेर टासीदिएका छन ।