स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

१२ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


भवानी अधिकारी    स्याङ्जा : स्याङजामा प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमण देखिनेमा ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४, ३६ वर्षीय पुरुष र २६ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।

प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि अन्य प्रहरीको पनि परीक्षण गरिएको हो । कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा केहीको अझैं आउन बाँकी छ । उनीहरुलाई भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिने तयारी भइरहेको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख बिष्णु काफ्लेले जानकारी दिए ।

संक्रमण थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय २३ पुगेको छ भने १ सय ८३ जना निको भएर घर फर्केका छन् । दुईजनाको भने उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । यसअघि, ३ जना प्रहरीमा संक्रमित पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया