उखु कृषक समितिले उखु किसानको समस्याबारे प्रजिअलाई ध्यानाकर्षण गरायो

प्रकाशित मिति:

रामु भुषाल, उखु कृषक समिति नवलपरासी तदर्थले उखु उत्पादक कृषक समिति नवलपरासीको निर्वाचन गराउने की नयाँ सस्था उखु कृषक समिति तदर्थलाई दर्ता गर्ने भन्ने लगाएत अन्य विषयमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ध्यानाकर्षण गराएको छ । उखु कृषक समति तदर्थका अध्यक्ष दुधनाथ गुप्ताको नेतृत्वमा गएको पदाधिकारीहरुको टोलीले गत बर्ष नै नवलपरासी उखु समितिको आधिकारिकताको बारेमा ध्यानाकाषर््ण पत्र बुझाउदा समेत कार्यान्वयन नभएको भन्दै सो समितिको तत्काल आधिकारिकता सम्बन्धमा छलफल गरेका थिए साथै सो टोलीले उखु किसानहरुले चिनिमिल हरुबाट पाउनुपर्ने भुक्तानी नपाएकोले किसानहरु मर्कामा परेको भन्दै यस तर्फ गम्भिरता पुर्वक लिन आग्रह गर्दै यथाशिघ्र भुक्तानीका लागी आवश्यक कदम चाल्न आग्रह गरेका थिए ।

उक्त छलफलमा सुनवल चिनिमिल, बागमति चिनि मिल र ईन्दिरा चिनिमिल संग अविलम्ब छलफल गर्न, किसानहरुले पाउनुपर्ने अनुदान रकम सरल तरिकाले भुक्तानी गराउन र बागमति चिनिमिलले दिएको पेश्की रकमको सरकार चिनिमिल र किसानलाई प्रष्ट पार्न समेत अनुरोध गरेका थिए । पशिचम नवलपरासीका करिब १० हजार उखु किसानहरु झण्डै २१ करोड मिल सञ्चालकबाट भुक्तानी नपाउदा किसानहरु मर्कामा परेका छन । गत आर्थिक बर्ष सम्मको लुम्बिनी चिनि मिल सुनवलले ७ करोड, बागमति चिनि मिलले ९ करोड र ईन्दिरा चिनि मिलले करिब ५ करोड रुपिया भुक्तानी दिन बाकी रहेको छ । उखु किसानहरु बारम्बार रकम भुक्तानीको लागी विभिन्न चरणको आन्दोलन गरेतापनि सो रकम भुक्तानी हुन नसकेको र गत बर्ष बागमति चिनि मिलले बिना सहमति किसानहरुलाई ३ सय ७१ रुपिया दरले पेश्की रकम वितरण गरेको थियो भने ईन्दिरा सुगर मिलले गत आर्थिक बर्ष ०७४, ७५ मा ५ लाख १५ हजार २७ क्वीन्टल र आर्थिक बर्ष ०७५,७६ मा ३ लाख ६१ हजार ९ सय २० क्वीन्टल उखु क्रसिंग गरेको थियो ।

जम्मा सो रकमको ४० करोड ९६ लाख ६६ हजार २ सय ४७ भुक्तानी गर्नुपर्नेमा हाल सम्म ३६ करोड २४ लाख ५२ हजार ३ सय ९४ रुपिया भुक्तान गरि ४ करोड ७२ लाख १३ हजार ८ सय ५२ भुक्तानी दिन बाकी रहेको सो मिलले जनाएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले किसानको सो समस्यालाई मन्त्रालय र सरोकारवाला संग छलफल गरि तत्काल निकास निकाल्ने विश्वास दिलाउनुभएको थियो । सो छलफलको क्रममा नेकपाका जिल्ला अध्यक्ष भविशवर तिवारी आजाद, उखु कृषक समिति तदर्थ नवलपरासीका अध्यक्ष दुधनाथ गुप्ता, तदर्थका उपाध्यक्ष कृष्ण आनन्द चौधरी, सचिव मदन चन्द कोइरी, सदस्य कन्हैया जैसवाल लगाएत पत्रकारको सहभागिता रहेको समितिका प्रवक्ता धिरज त्रिपाठीले जानकारी दिनुभएको छ ।