बुटवलको होटेलमा बसेका तीनजना भारतीयमा कोरोना भेटीयो

१२ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


१२ साउन, बुटवल । बुटवलको एक होटेलमा बसेका तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए ।

कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको सिंहले जानकारी दिए । पूर्वाञ्चल होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाइनमा पठाइएको उनले बताए । योसँगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला