काठमाडौँ, साउन १३ : अमेरिकामा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोपको बृहत् मात्रामा परीक्षण थालिएको छ । ३० हजार जनामा गर्न लागिएको यो परीक्षण अहिलेसम्मकै ठूलो हुने बीबीसीले जनाएको छ ।
विश्वभर कोरोना विरुद्धको खोप बनाउने प्रयास भइरहेका बेला यो खोपको अन्तिम चरणको परीक्षण गर्न लागिएको हो । नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइनसकेको बीबीसीले जनाएको छ ।
कम्तिमा दुई डोज खोप दिएपछि खोपको प्रभावकारिता पत्ता लाग्ने बताइएको छ । अहिलेसम्म विश्वभर १ करोड ६६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक करोड दुई लाखभन्दा धेरै निको भइसकेका छन् । ६ लाख ५५ हजारको भने ज्यान गएको छ ।