सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश गर्ने तयारी

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


१२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए । स्रोतका अनुसार कांग्रेसमा थापालाई पदाधिकारी बनाइनेछ भने केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया