रोटट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको बोर्ड बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल । रोटट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ । असार २७ गतेबाट आधिकारीता पाएको क्बलले बिभिन्न रचनात्मक कामहरुलाइ निरन्तरता दिने बताएको छ । क्लबका अध्यक्ष बिमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा योगेन्द्र कडेल, इलेक्ट प्रेसीडेन्ड मुक्ति भण्डारी, मदन ज्ञवाली लगायतले आ आफ्नो धारणा राखेका थिए ।

क्लब स्थापना सगै रक्तसन्चार बुटवलमा कार्यक्रम गर्ने र अशक्त अशाय तथा गरिबहरुकालागी पनी बिशेष कार्यक्रम सन्चालन गर्ने बताइएको छ । बैठकमा आगामी कार्ययोजनाको बिषयमा समेत छलफल भएको थियो भने लागु पदार्थ दुब्र्यसनीका सम्बन्धमा सम्बन्धित निकायसग समन्वय गरी रचनात्मक कार्यक्रमलाइ प्राथमीकताका साथ सन्चालन गर्ने बताइएको छ । स्थापनाको बर्षलाइ झनै रचनात्मक र सामाजीक उत्तरदायीत्वका गतीबिधीलाइ अगाडी बढाउने क्लबका अध्यक्ष ढकालले बताए ।