सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । सुनको मुल्य आज मंगलबार पनि बढेको छ । विगत केहि दिनदेखि उकालो लागिरहेको सुनको मुल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको हो । हिजो सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन ७ सय रुपैयाँ बढेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।अब सुनको भाउ केही दिनमै तोलामा लाख कट्ने अवस्था देखिएको व्यवसायीको भनाई छ । यस्तै चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे